किस्ट अस्पतालमा काेराेना संक्रमणबाट एक महिलाकाे मृत्यु
प्रकाशित मिति : 7 October, 2020 12:59 pm
ललितपुर, २१ असाेज ।
ललितपुरकाे किस्ट अस्पतालमा काेराेना संक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बालाजुकी ६८ वर्षिय महिला रहेकाे अस्पतालले जनाएकाे छ । उनकाे बुधबार बिहान मृत्यु भएकाे हाे ।
काेराेना संक्रमण पृष्टि भएपछि उनलाइ असाेज १७ गते राति अस्पताल भर्ना गरिएकाे थियाे । संक्रमित महिलामा उच्च ज्वराे, हाइपर टेन्सन र पिसावथैलीमा समस्या रहेकाे अस्पतालले जनाएकाे छ । श्वावप्रश्वासमा समस्या अाएपछि उनकाे भेन्टिलेटरमा उपचार भइरहेकाे र बुधबार बिहान मृत्यु भएकाे हाे ।