४ कार्तिक २०८१, आइतबार

२४ घण्टामा देशभर ३४३९ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

प्रकाशित मिति :  7 October, 2020 4:31 pm


काठमाडौं,२१ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ३४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको पुगेको छ । भने अहिले सम्म जम्मा संक्रमितको संख्या ९४ हजार २सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !