४ आश्विन २०८१, शुक्रबार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति अध्यक्षमा सहसचिव कार्की

प्रकाशित मिति :  7 October, 2020 6:35 pm


काठमाडौं, २१ असोज ।

सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति  अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.योगेन्द्रकुमार कार्कीलाई तोक्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता परराष्टमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय आज जानकारी गराउँदै कार्कीलाई समितिको अध्यक्ष तोकिएको जानकारी गराएका हुन् । मन्त्रालयका वरिष्ठ सहसचिव कार्की मन्त्रालयको कृषि प्रवद्धन महाशाखा प्रमुख हुन् ।

सहसचिव कार्कीे गठन आदेश, २०५८ अनुसार मन्त्रीपरिषद्बाट अध्यक्षमा नियुक्त भएका हुन् । सहसचिव कार्कीले भने, “कृषि प्रवद्र्धन महाशाखाको प्रमुख उक्त समितिको पदेन अध्यक्ष जस्तै भएपनि गठन आदेशमा नेपाल सरकारले तोकेको उल्लेख भएकाले मन्त्रीपरिषद्बाट मेरो नियुक्ति भएको हो ।”

त्यस्तै बैठकले कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थ विज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी    दिए ।

 

 



प्रतिक्रिया दिनुहोस !