ताप्लेजुङको ओलाङ्चुङगोलामा सशस्त्रको बिओपी स्थापना
ताप्लेजुङ, २१ असोज
चीनसँग सिमाना जोडिएको ताप्लेजुङको उत्तरी नाका ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।
ओलाङचुङगोला बस्तीबाट १३ किलोमिटरमा रहेको मौवाटार बिओपी क्याम्प तोकिएता पनि त्यहा कुनै संरचना नरहेकोले ओलाङचुङगोला बस्तीबाटै निगरानी गरिने भएको छ ।
बिओपी उद्घाटनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक लगायतका टोली हेलिकप्टरवाट ओलाङचुङगोला पुगेका थियो ।
गृहजिल्ला पगेका पर्यटनमन्त्री भट्टराईले बिओपी स्थापनाले सीमा सुरक्षा, शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने बताए ।
३५ जनाको दरबन्दी भएपनि प्रहरी निरीक्षकककाे नेतृत्वमा तत्कालका लागि २१ जनामात्रै रहने सशस्त्र प्रहरी श्रोतले बताएको छ ।
फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलाबाट सिमावर्ति क्षेत्र टिप्ताला भञ्ज्याङ २१ किलोमिटरको दुरीमा पर्दछ ।