४ आश्विन २०८१, शुक्रबार

 ‘अक्वा फ्रिडम’ब्राण्डको शिलबन्द जारको पानीमा किरा, कारबाहीको माग गर्दै उजुरी

प्रकाशित मिति :  9 October, 2020 8:35 am


काठमाडौं, २३ असोज ।

‘अक्वा फ्रिडम’ ब्राण्डको शिलबन्द जारको पानीमा किरा परेको फेला देखिएको र मुल्यपनि बढी लिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी गरेको छ ।

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका, मुलपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अस्वस्थकर खानेपानी उत्पादन गरी बढि मूल्य लिएको भन्दै मञ्चले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी गरेको हो ।

अक्वा फ्रिडमको प्रति जारको अंकित मूल्य ६० रुपैयांमा बिक्रि बितरण गरेको र किरा भेटिएको शिलबन्द जार सहित आवश्यक मञ्चले उजुरी गरेको हो ।

मञ्चले उजुरीपत्रमा भनेको छ,“२० लिटर जारको पानी अधिकतम खुद्रा मूल्य ५० रुपैयां भन्दा बढि लिन नपाइने गरी व्यवसायी, उपभोक्ता र बाणिज्य बिभाग बिच भएको मिति २०७७/४/२४ गतेको सहमति सहितको प्रतिवेदन, उपभोक्ता संरक्षण ऐन, ०७५ तथा खाद्य ऐन, २०२३ बिपरित अनुचित तथा गैरकानूनी व्यापारिक कृयाकलाप गरेको देखिन आएको हुंदा सिध्दीलक्ष्मी अक्वा पानी उद्योग माथि हदैसम्मको कारवाही गरी पाउन अनुरोध गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !