४ आश्विन २०८१, शुक्रबार

बागमती प्रदेश सरकार दुग्ध पाउडर प्लान्ट स्थापना गर्दै, दैनिक १५ सय मेट्रिक टन उत्पादन लक्ष्य

प्रकाशित मिति :  9 October, 2020 1:49 pm


काठमाडौं, २३ असोज ।

बागमती प्रदेश, दुग्ध विकास बोर्डले दुग्ध पाउडर प्लान्ट स्थापना गर्न काम सुरु गरेको छ ।

बोर्डले दशैँ अगाडि नै बोलपत्र आव्हानको योजना बनाएको छ । दशैँ अगाडि नै बोलपत्र आव्हानका लागि काम अगाडि बढाएको बोर्डका कार्यकारी निर्देशक शत्रुधन साहले जानकारी दिए ।

प्रदेश सरकारको पूर्ण स्वामित्व रहने गरि प्लान्ट स्थापना हुन लागेको हो । कार्यकारी निर्देशक साहले भने,“तीन वर्षभित्र पूर्ण सञ्चालनमा ल्याउने गरि काम सुरु गर्दैछौँ । सकेसम्म दशैँ अगाडि नै टेण्डर आव्हान गर्ने हाम्रो योजना  छ ।”

प्लान्ट स्थापनाका लागि ४५ करोड ५४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । डीडीसीले चलाईरहेको दाना कारखानाभित्र प्लान्ट स्थापना हुनेछ । डीडीसीले लिएको ८ विगाहा मध्य २ बिघामा प्लान्ट स्थापना गर्नेगरि प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । संघीय कृषि मन्त्रालय मातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागिएको लिजमा लिएको थियो । त्यस मध्य २ बिघा बोर्डले लिने निर्णय भएको छ ।

कार्यकारी निर्देशक साहले भने,“हामीले जग्गा लिजमा लिने भन्ने कुरो हो । यसबारे प्रदेश मन्त्रिपरिषबाटै निर्णय भएर संघीय कृषि मन्त्रालयमा पत्राचार भएको छ । त्यो छिट्टै टुंगिन्छ होला जग्गाको ।”

प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन मुल्यांकनको रिपोर्ट आईसकेको छ ।  प्लान्ट स्थापनाका लागि पशुपन्क्षी तथा मत्सय विकास केन्द्र हेटौडाले डीपीआर गरेको थियो । ४५ करोड ५४ लाख रुपैयाँ लागतको अनुमान गरिएको प्लान्टबाट दैनिक १५ सय मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य राखिएको कार्यकारी साहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !