४ कार्तिक २०८१, आइतबार

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केसीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  9 October, 2020 4:20 pm


काठमाडौं, २३ असोज ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस (कोभिड -१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कँवरले सामाजिक संजाल फेसबुक मार्फत मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा  रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिव कँवरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !