४ कार्तिक २०८१, आइतबार

२४ घण्टामा देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

प्रकाशित मिति :  9 October, 2020 4:33 pm


काठमाडौं,२३ असोज । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार २ सय ७९ नमुना परीक्षण गर्दा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या १ लाख ६सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ हजार ८० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् ।
देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१८ जना आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !