४ कार्तिक २०८१, आइतबार

पछिल्लो २४ घण्टामा उपत्यकामा थप १४०९ जना संक्रमित थपिए

प्रकाशित मिति :  9 October, 2020 4:49 pm


काठमाडौ,२३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ११ सय १६ जना सहित उपत्यकामा थप १४६ सय ९ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३र भक्तपुरमा १३० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा ४०९ महिला र ७०७ पुरुष, ललितपुरमा ६१ महिला र १०२ पुरुष र भक्तपुरमा ५७ महिला र ७३ पुरुष रहेका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्। योसँगै उपत्यकामा कोराना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ७७१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !