८ मंसिर २०८१, शनिबार

२४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

प्रकाशित मिति :  10 October, 2020 4:57 pm


काठमाडौं, २४ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा २ जना महिला र १२ जना पुरुष रहेका छन् ।

संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंकी ६८ बर्षिय र धादिङकी ३१ बर्षिय महिला रहेकी छन् ।

त्यस्तै पुरुषमा काठमाडौंका ४८ र ९० बर्षिय २ पुरुष, ललितपुरका ४९ र ४३ बर्षिय २ पुरुष, मोरङका २० र ७२ बर्षिय २ पुरुष, सुनसरीका ४५ बर्षिय १ पुरुष, सर्लाहीका ७१ बर्षिय १ पुरुष, भक्तपुरका ६८ बर्षिय १ पुरुष, मकवानपुरका ७७ बर्षिय १ पुरुष, नवलपरासी पूर्वका ३६ बर्षिय १ पुरुष र रुपन्देहीका ५७ वर्षिए १ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !