४ आश्विन २०८१, शुक्रबार

विश्व ट्रेड यूनियन महासघंद्धारा श्रमजिवी पत्रकारहरुको आन्दोलनप्रति समर्थन

प्रकाशित मिति :  10 October, 2020 9:14 pm


फाइल फोटो

काठमाडाैं, २४ असाेज ।

विश्व ट्रेड यूनियन महासघंले श्रमजिवी पत्रकारहरुको आन्दोलनप्रति समर्थन जनाउँदै माग पुरा गर्न आग्रह गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै महासंघले राज्यको चौथो अङ्गको रुपमा प्रेस क्षेत्रमा कार्यरत श्रमजिवी वर्गलाई यस्तो कोरोना महामारीको बेला निष्कासन गर्ने र पाकेको तलव सुविधा रकम पनि लामो समयदेखिनै भुक्तानी नदिने सञ्चार क्षेत्रका व्यवस्थापनको घोर अमानविय कार्य भनेको छ । महासंघले विज्ञप्तिमा भनेको छ,“ विश्वव्यापी कोभिड १९ को महामारीको बेला झण्डै ३०० जना नेपालका श्रमजिवी पत्रकारहरुलाई नोकरीबाट निष्कासन गरेको, कतिपय पत्रकारहरुले लामो समयदेखिन तलव पारिश्रमिक नपाएको, सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक अधिकांश सञ्चार गृहको व्यवस्थापनले लागु नगरको, श्रमजिवी पत्रकार ऐन र नियमावलीमा भएका व्यवस्था सञ्चार गृहमा लागु नभएको आदि विषय सहितका माग राखी नेपालका श्रमजिवी पत्रकारहरुले सघर्षका कार्यक्रम अन्तर्गत रिले अनसन, धर्ना जस्ता सघर्षका कार्यक्रम सञ्चालन भएको सन्दर्भमा विश्व टे«ड यूनियन महासघ को ध्यानाकर्षण भएको छ ।”

विश्व ट्रेड यूनियन महासघ ३ अक्टुवर १९४५ मा स्थापना भएको विश्वका १३० देशका १० करोड ५ लाख प्रगतिशिल एव समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड यूनियन केन्द्र हो ।

विश्व ट्रेड यूनियन महासंघ, समन्वय समिति नेपालका तर्फबाट प्रेमल खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ विश्व टे«ड यूनियन महासघ समन्वय समिति नेपाल, श्रमजिवी पत्रकारहरुले सञ्चालन गरेको आन्दोलनमा पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दछ । यस सम्वन्धमा यथाशिघ्र सरकार र राष्ट्रिय मानव अधिकार आयोगबाट अविलम्ब पहल गरी सम्वन्धित सञ्चार गृह व्यवस्थापन र आन्दोलनरत पत्रकारहरु बीच वार्ता गराई समस्या समाधान गर्न हार्दिक आग्रह गर्दछ ।”

काठमाडौंका विभिन्न सञ्चार गृहका पीडित पत्रकारहरुले संयुक्त संघर्ष समित बनाएर आन्दोलन गरिरहेका छन् । उनीहरुले पाँचदिने रिले अनुसनपछि अहिले पीडित बनाउने सञ्चारगृहमा धर्ना दिने कार्य गरिरहेका छन् ।

सम्बन्धित समाचार

पीडित पत्रकार र कर्मचारीको आन्दोलन जारी, कान्तिपुुर र कारोबार दैनिकमा धर्ना [फोटो फिचर ]



प्रतिक्रिया दिनुहोस !