४ आश्विन २०८१, शुक्रबार

सफाइ कर्मचारीको हातबाट जुस पिउँदै डा. गोविन्द केसीले आमरण अनशन तोडे

प्रकाशित मिति :  11 October, 2020 10:41 am


Dr Govinda KC hunger strike 11th time demanding Integrated Mediccal Education act at Teaching Hospital in Kathmandu on Monday. Photo/ Shaligram Tiwari/ Post

काठमाडौं, २५ असोज ।

सरकारसँग सहमति भएपछि डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । गएराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा आज अनसन तोडेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका छन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राखेर डा. केसीले गत भदौ २९ गते अनुसन सुरु गरेका थिए । अनसनपछि उनलाई आठौं दिन काठमाडौं ल्याइएको थियो ।

सम्बन्धित समाचार

सरकार र अनसनरत डा. गोविन्द केसीबीच गएराति ८ बुँदे सहमति



प्रतिक्रिया दिनुहोस !