४ कार्तिक २०८१, आइतबार

पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  11 October, 2020 4:55 pm


काठमाडौं, २५ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट हालसम्मकै धेरै २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अन’सार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २२ जना व्यक्तिको मृत्य’ भएको हो ।

मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस !