७ मंसिर २०८१, शुक्रबार

सूचना विभागमा लाल्टिन बालेर धर्ना दिँदै पीडित पत्रकार-कर्मचारीले सोधे, ‘खै सरकार कता छ ?’

प्रकाशित मिति :  11 October, 2020 5:12 pm


काठमाडौं, २५ असोज ।

काठमाडौंका सञ्चारगृहका पीडित पत्रकार /कर्मचारीहरुले आज सूचना विभागमा लाल्टिन बालेर एक घण्टा धर्ना दिएका छन् ।

कोरोना संक्रमणको बहानामा निकालिएपछि संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका पत्रकार /कर्मचारीहरुले आज विभाग अगाडि लाल्टिन बालेर प्रर्दशन गरेका हुन् ।

श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन कोरोनाको बाहानामा निकालिएका पत्रकारहरुको पुर्नवहालीलगायतका माग राख्दै उनीहरुले आन्दोलन जारी राखेका छन् । नेपाल पत्रकार महासंघ र संघर्षसमितिको संयुक्त आयोजनामा भएको धर्नालाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले आफ्ना माग र आवाजहरुलाई अत्यन्तै वेवास्था गरिएको बताए । उनले यो अत्यन्तै खेदजनक रहेको बताए ।

महासचिव  विष्टले नयाँ ढंगको दबावको आवश्यकता रहेको बताए । महासचिव  विष्टले संयुक्त राष्ट्रसंघ, अन्तराराष्ट्रिय श्रमसंगठनलगायतलाई पत्रचार गरेर कालोसूचीमा राख्न पत्रचार गर्दासमेत आफ्ना माग वेवास्था गरिएको बताए ।

सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णले आफूहरुको संघर्ष कुनै एक मिडिया, सञ्चालकविरुद्ध भन्दापनि समग्र सञ्चार क्षेत्रका श्रमजीवि पत्रकारहरुको हकहितको लागि भएको बताए ।

सञ्चारगृहका पत्रकार तथा कर्मचारीको समस्या गम्भिर रहेको भन्दै यसलाई सरकारले गम्भिरताका साथ लिएर समाधान गर्नुपर्नेमा कर्णले जोड दिए ।

सम्बन्धित समाचार

पीडित पत्रकार र कर्मचारीको आन्दोलन जारी, कान्तिपुुर र कारोबार दैनिकमा धर्ना [फोटो फिचर ]

पीडित पत्रकार र कर्मचारीको आन्दोलन जारी, कान्तिपुुर र कारोबार दैनिकमा धर्ना [फोटो फिचर ]



प्रतिक्रिया दिनुहोस !