४ आश्विन २०८१, शुक्रबार

रुपन्देहीमा कोरोना संक्रमित एक जनाको मृत्यु

प्रकाशित मिति :  12 October, 2020 12:47 pm


रुपन्देही,२६ असोज ।

रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या ४० जना पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !