७ मंसिर २०८१, शुक्रबार

नेकपाले कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडाै बाेलायाे

प्रकाशित मिति :  13 October, 2020 5:29 pm


काठमाडाैं, २७असाेज ।

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाले कर्णाली प्रदेशमा देखिएकाे विवादबारे छलफल गर्न प्रदेश कमिटीका पदाधिकारीलाइ काठमाडाैं बाेलाएकाे छ ।

मंगलबार दिउँसाे अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल, महासचिव विष्णु पाैडेल र स्थायी समिती सदस्य जनार्दन शर्माबीच भएकाे छलफलले कर्णाली प्रदेश कमिटीका सबै पदाधिकारीलाइ काठमाडाैं आउन पत्र पठाएकाे हाे ।

पत्रमा उनीहरुलाइ बिहीबार काठमाडाैं आउन भनिएकाे अध्यक्ष प्रचण्डका प्रेस संयाेजकले जानकारी दिएका छन् । नेकपा प्रदेश इन्चार्ज जनार्दन शर्मा हुन भने सह इन्चार्ज यमलाल कडेँल हुन ।

 

 

 



प्रतिक्रिया दिनुहोस !