काठमाडौंमा ९४६ सहित उपत्यकामा १४७७ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित मिति : 14 October, 2020 4:41 pm
काठमाडौ,२८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ९सय ४६ जना सहित उपत्यकामा थप १४ सय ७७ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।
मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ९४६, ललितपुरमा ३०५र भक्तपुरमा १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।