९ मंसिर २०८१, आइतबार

कन्चनपुरमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  15 October, 2020 1:01 pm


काठमाडौं, २९ असोज । कन्चनपुरमा कोरोना भाइरस कोभिड १९ संक्रमित एक महिलाको मृत्य’ भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको बिहीबार घरमै मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार क्यान्सर रोगबाट पीडित बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

क्यान्सरलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा सङ्क्रमण देखिएपछि धरानका चिकित्सकले क्यान्सरको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने २३ जना पुगेका छन् । सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !