५ कार्तिक २०८१, सोमबार

पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिए, १९ जनाको मृत्यु

प्रकाशित मिति :  15 October, 2020 4:27 pm


काठमाडौं,२९असोज । पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय ४९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १६ हजार ५ सय ९८ नमुना परीक्षण गर्दा ३७ सय ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ५ सय ६४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् ।

देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१४ जना आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

१९ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभरमा १९ जना कोरोना भाइरस कोभिड १९को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. गौतममले बताए । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !