सरकारलाई रन्जित तामाङको प्रश्न : जनता संक्रमित हुदा आफै उपचार गर्नुपर्छ भन्ने कुरा न्यायसंगत हुन्छ र ?
काठमाडौं, ३ कार्तिक ।
सिंगो देश कोरोना भाइरससँग जुधिरहेको समयमा सांसदलाई दशै भत्ता बाडेपछि सरकारको अहिले चौतर्फी आलोचना भैइरहेको छ।
यहि आलोचनाकै बिच सरकारले आइतबार आफ्नो जिम्मेवारीबाट हात झिकेर केहि निर्णय गर्याे जसमा सर्वसाधरणले कारोना परिक्षण गरेको शुल्क आफै तिर्ने र कोरोनाका बिरामीहरुले आफ्नो उपचार खर्च स्वयम ब्यहोर्ने तथा होम आइसोलुसन बसेर मृत्यु हुने मानिसको शव नातेदारले व्यवस्थापन गर्नुपर्ने ।
सरकारको यहि निर्णयपछि अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले जनता संक्रमित हुदा आफै उपचार गर्नुपर्छ भन्ने कुरा न्यायसंगत हुन्छ र ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
सहसंयोजक तामाङले जनताको कोरोना परिक्षण सहित संक्रमितहरुको निशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेका छन् ।
समाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनताले तिरेको कर बटुलेर आसेपासे, तिनै भिआईपिलाई भत्ता दिने तर महामारीको संकटमा संबैधानिक हक पनि अनुभुत गर्न नपाउने हुन्छ र ?’