दशैंकाे चाैथाै दिन आज कुष्माण्डा देवीकाे पुजा गरिदै
काठमाडाैं, ४ कार्तिक ।
नवरात्रीकाे चाैथाै दिन आज नाै देवीमध्येकी एक द्रवी कुष्माण्ड देवीकाे विधी पुर्वक पुजाआराधाना गरिदै छ ।घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन आइतबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।
आज चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।
देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यो वर्ष कोरोना भाइरस सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने बाहिरबाट दर्शन हर्ने मिल्ने गरीखुलेका छन् ।