८ मंसिर २०८१, शनिबार

देशभर थप ३ हजार ६ सय ३७ जना संक्रमित थपिए

प्रकाशित मिति :  22 October, 2020 4:41 pm


काठमाडौं, ६ कार्तिक ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

देशभर भएको १५ हजार २ सय ५५ परीक्षणमा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै २४ घण्टामा ३ हजार २ सय १५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

त्यस्तै देशभर होमआइसोलेसनमा रहनेको संख्या २६ हजार ९ सय २७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ३ सय ३९ जना उपचारत छन् । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ३८ रहेको छ।

पाँच सय भन्दा बढी संक्रमित रहेका जिल्लामा झपा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चो, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन् । शुन्य संक्रमित भएको जिल्लामा मुस्ताङ मात्रै रहेका छ ।



प्रतिक्रिया दिनुहोस !