रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ५६ पुग्यो
प्रकाशित मिति : 24 October, 2020 10:35 am
रुपन्देही, ८ कार्तिक।
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं. ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो ।
कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
डा गौतमले मृतक फोक्सोका दीर्घ रोगी रहेको बताए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार उनको मृत्युसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या रुपन्देहीमा ५६ पुगेको छ ।