१२ मंसिर २०८१, बुधबार

रुसी हवाई आक्रमणमा सीरियामा टर्की समर्थित ५० लडाकूको मृत्यु, युद्धविराम संकटमा

प्रकाशित मिति :  27 October, 2020 7:37 am


काठमाडौं, ११ कार्तिक । 

रुसी हवाई आक्रमणमा उत्तरी सीरियाको इदलिब प्रान्तमा टर्की समर्थित ५० लडाकूको मृत्यु भएको छ । आक्रमणमा कैयौँ लडाकू घाइते भएका छन् । हवाई आक्रमणपछि उक्त क्षेत्रमा हिंसा बढेको छ ।

फायलक-अल-शाम नामको संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण गरिएको थियो । आक्रमणपछि इदलिबमा रूस र टर्कीको मध्यस्थता भएको युद्धविराम खतरामा परेको बीबीसीले जनाएको छ ।

ब्रिटेन स्थित संगठन सीरियन अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार मर्ने लडाकूको संख्या ७८ सम्म हुन सक्ने अनुमान गरिएको छ । संगठनका अनुसार घाइते भएको धेरैको अवस्था नाजुक छ र मर्नेको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

संगठनले भनेको छ कि मार्च मा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो आक्रमण हो । यो आक्रमण इदलिब शहरको उत्तर-पश्चिम स्थित हारेम इलाकामा भएको थियो ।

युद्धविरामपछि यस क्षेत्रमा सीरियाका सेनाको आक्रमण रोकिएको थियो । यहाँ १० लाखभन्दा धेरै मानिस विस्थापित भएको छन् । युद्धविरामपछि विस्थापनको क्रमपनि रोकिएको थियो ।

युद्धविरामका बेला टर्कीले भनेको थियो कि यदि सीरियाली राष्ट्रपति बशर अल असदलाई समर्थन गरेर कसैले आक्रमण गरेको खण्डमा पूर्णरुपमा जबाफ दिने आफूलाई अधिकार रहने छ ।

सीरियामा ९ बर्षदेखि गृहयुद्ध चलिरहेको छ । इदलिब अन्तिम प्रान्त हो जहा सरकार विरोधी तथा जेहादिको कब्जामा रहेको छ । राष्ट्रपति बशर अल असदलाई समर्थन गर्ने फौजले बाँकी क्षेत्रलाई बिद्रोही मुक्त बनाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !