४ आश्विन २०८१, शुक्रबार

भारतीय सेना प्रमुखको नेपाल भ्रमण मिति तयसँगै तरंग,सीमा विवाद र सुरक्षा चुनौती मुख्य एजेण्डा

प्रकाशित मिति :  27 October, 2020 8:33 am


काठमाडौं, ११ कार्तिक ।

भारतीय सेना प्रमुख जनरल एमएम नरभाणेको कात्तिक १९ देखि सुरु हुने तीन दिने भ्रमणपूर्व नेपाल र भारतमा महत्वपूर्णताका साथ हेरिएको छ ।

भ्रमणको मिति तय भएसँगै दुई देशबीच देखिएको तिक्तता मेटिने र सम्बन्ध पुनःस्थापित हुने आँकलन सुरु भएको छ । जनरल नरभानरभाणेको भ्रमणको मिति सार्वजनिक भएलगत्तै इकोनोमिक्स टाइम्सले भनेको छ, “सेना प्रमुख जनरल एमएम नरभानेको तीन दिने महत्वपूर्ण भ्रमणले हिमालयन राष्ट्रसँगको सम्बन्धलाई पुनःस्थापना गर्ने सम्बन्धमा महत्वपूर्ण कूटनीतिक गतिलो प्रदर्शन हुने अपेक्षा गरिएको छ।”

नेपाली सेनाको मनार्थ प्रधानसेनापतिको पद ग्रहणको शिलशिलामा आउन लागेका नरभानरभाणेको भ्रमण यसपटक यो विषय भन्दापनि दुई पक्षीय सम्बन्ध सुधारका हिसाबले बढी महत्वका साथ हेरिएको छ । सीमा विवादका क्रममा सेना प्रमुख नरभाभाणेले नेपाल तेस्रो मलुकको उक्साहटमा लागेको टिप्पणी गरेपछि उनको विरोध भएको थियो । सेनापति नरभानेलाई मानार्थ प्रधानसेनापतिको पद दिन नहुने आवाज उठेको थियो ।

नेपाल भ्रमणको एजेण्डबारे उल्लेख गर्दै इकोनोमिक टाइम्सले सेना प्रमुख नरभाणेले आफ्ना समकक्षी जनरल पूर्णचन्द्र थापालगायत नेपालका शीर्ष नागरिक र सैन्यदलसँग विस्तृत वार्ता गर्ने उल्लेख छ । जसमा १८०० किलोमिटर लामो सीमाको व्यवस्थापनलाई बढवा दिने विषयमा महत्वपूर्ण छलफल हुने उल्लेख छ ।

भारतीय समाचार एजेन्सी पीटीआईले सरकारी उच्च श्रोतलाई उदृढ गर्दै नरभाणेको भ्रमणका क्रममा रक्षा र सुरक्षाको क्षेत्रलगायत समग्र सम्बन्धलाई अझ सुदृढ पार्ने लक्ष्यसहितको भ्रमण हुने उल्लेख गरेको छ ।

भ्रमणका क्रममा सन् १९५० देखि सुरु भएको भएको एक पुरानो परम्पराको निरन्तरतामा जनरल नारावनेलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गर्नेछिन् । भारतले पनि नेपाली सेना प्रमुखलाई भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी दिने प्रचलन छ ।

लिम्पियाधुरा,कालापानी,लिपुलेक समेटेर नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हो । सेना प्रमुखलाई नेपाल पठाउन भारतले गरेको निर्णयलाई नयाँ दिल्लीले म्यानमार, माल्दिभ्स, बंगलादेश, श्रीलंका, भुटान र अफगानिस्तानसँगको सम्बन्धलाई पुनर्जीवित गर्ने ठूलो अभ्यासकै एउटा पक्षका रुपमा हेरिएको छ ।

यस महिनाको शुरूमा जनरल नारावणेले विदेश सचिव हर्षवर्धन श्रृङगलासँग म्यानमारको यात्रा गरेका थिए र यस अवधिमा भारतले म्यानमारको जलसेनालाई पनडुब्बी आपूर्ति गर्ने निर्णय गर्नुका साथै सैन्य र रक्षा सम्बन्ध अझ गाढा गर्ने सहमति भएको थियो।

इकोनोमिक टाइम्सले भनेको छ,”यस क्षेत्रको समग्र रणनीतिक चासोको सन्दर्भमा नेपाल भारतका लागि महत्त्वपूर्ण छ र दुई देशका नेताहरूले पुरानो पुरानो रोती-बेटी सम्बन्धलाई ध्यान दिएका छन्।”

रक्षामन्त्री राजनाथ सिंहले मे ८ मा नेपालको भूमि मिचेर बनाईएको लिपुलेक जोड्ने ८० किलोमिटर सडकखण्डको उद्घाटन गरेपछि दुइदेशबी विवाद छ । भारतीय सेना प्रमुखको भ्रमणपूर्व खुपिया एजेन्सी रअ का प्रमुख सामन्त गोयलले भ्रमण गरेर फर्किसकेका छन् । गोयल भ्रमणलाई लिएर नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !