अजरबैजान-अर्मेनिया रक्तपातपूर्ण संघर्षको इतिहास र वर्तमान द्वन्द्वको कारण
अर्मेनिया र अजरबैजानबीच नागोर्ने काराबाख इलाकामा संघर्ष जारी छ । यस लडाईंमा हजारौ व्यक्तिको ज्यान गइसकेको छ । पछिल्लो ३० वर्षमा यस क्षेत्रमा यस्ता खालका संघर्ष देखिएको थिएन ।
बीबीसी रुस सेवाले विगतमा हेर्दा नागोर्नो काराबाख द्वन्द्वको जड कहाँ छ ? भनेर खोतल्ने प्रयास गरेको छ । तनावकाबीच दुबै पक्ष यति लामो समयसम्म लडाईंबाट कसरी बचे र त्यस्तो के भयो र फेरि दुबै पक्ष फेरि युद्धमा होमिए ।
टकरावको शुरुवात
यस टकरावको आधुनिक इतिहास १९८० मा मिखाइल गोर्खाचोफको पेरेस्ट्रोइका र सोभियत संघका जनतामा राष्ट्रिय पहिचानको विचार लोकप्रिय भएदेखि नै शुरु भयो । पेरेस्ट्रोइकाको अर्थ हो पुनर्गठन अर्थात सोभियत संघको राजनीतिक तथा आर्थिक प्रणालीको पुनर्गठन ।
दुबै देशबीचको टकरावकाबीच कैयौँ रक्तपातपूर्ण संघर्ष भएको छ ।
नागोर्ने –काराबाख सोभियत संघको अस्तित्वको दौरान अजरबैजानभित्रै एक स्वायत्त क्षेत्र बनेको थियो । अन्तराष्ट्रिय स्तरमा यसलाई अजरबैजानको हिस्सा मानिन्छ तर यहाँ अधिकतम आर्मीनियाईको बसोबास रहेको छ ।
यहाँ बस्ने अर्मीनियाईले नागोर्ने–काराबाख अर्मीनियासँग एकिकरण हुनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए जसका कारण अजरबैजानवासी भड्किएका थिए ।
यसरी दुबै समुदायबीच टकराव शुरु भयो र अर्मीनिया र काराबाखबाट अजेरी मुलका मानिसहरु निकालिन थालियो । जसको प्रतिकृया स्वरुप फरबरी १९८८ मा अजरबैजानको शहर सुमगईटमा ठूलो संख्यामा अर्मीनियाईको हत्या गरियो । यसलाई ‘सुमगईट नरसंहार’ भनेरपनि चिनिन्छ ।
सोभियत संघ सरकारले बल प्रयोग गरेर स्थितिलाई शान्त गर्ने प्रयास गरेपनि काराबाखमा यस आन्दोलनका प्रतिनिधि गिरफतार भएपछि आर्मीनिया तथा अजरबैजानमा प्रर्दशन बढ्यो । यससँगै दुबैदेशबीच दुश्मनी बढ्दै गयो । जनवरी १९९० मा अजरबैजानको राजधानी बाकूमा फेरि एक नरसंहार भयो जहाँ सयौं आर्मीनियाई मारिए,घाइते भए या बेपत्ता पारिए ।
सन् १९९१ म सोभियत संघ विघटन भएसँगै काराबाखको संघर्ष नयाँ चरणमा प्रवेश भयो । दुबैपक्षसँग सेनाले छोडेर गएका हतियार समेत उपलब्ध भए ।
सन् १९९२–१९९३ को बीच ठूलो युद्ध भयो,जसमा दुबै देशले ठूलो नोक्सान बेहोनु प¥यो । कतिपय टकराव यस्ता भए जहाँ युद्ध अपराधको रुपमा देखिन्छन् । खासगरी फरवरी १९९२ मा अजरबैजानको शहर खोजाली नजिकै अजेरी नागरिकको कत्लेआम भएको घटना उल्लेखनीय छ । खोजाली आसपास क्षेत्रमा आर्मीनियाई सेना छिरे आम नागरिकको हत्या गरेको थियो ।
अजरबैजानको आधिकारिक आँकडाका अनुसार झण्डै ६०० बृद्ध,महिला तथा बालबालिकाले आफ्नो ज्यान गुमाएका थिए । यि दुबै देशबीच झण्डै ३० वर्षदेखि जारी टकरावमा ३० हजार मानिसको मृत्यु भइसकेको छ भने १० लाख मानिसहरु शरणार्थी भएको अनुमान छ । अब यो संघर्ष अर्मेनिया तथा अजरबैजानको पहिचानको हिस्सा बनिसकेको छ । यसका विषयमा हुने कुनैपनि कुराले दुबै देशमा भावना भड्किन सक्छ ।
अन्तराष्ट्रिय समुदायको भूमिका
नागोर्नो– काराबाखमा भइरहेको संघर्ष बेलाबेलामा संयुक्त राष्ट्र संघमा उठ्दै आएको छ । सन् १९९३ मा संयुक्त राष्ट्र सुरक्षा परिषदले दिएर ४ प्रस्ताव पारित समेत गरेको छ । यद्धपी, यसमध्य कुनैपनि लागू गर्न सकिएको छैन । विभिन्न स्तरमा दुबै पक्षबीच वार्ताको प्रयास पनि भएका छन् । तर, कहिले अर्मेनिया त कहिले अजरबैजानमा हुने नेतृत्व परिवर्तनका कारण पटक पटक वार्ता नयाँ शिराबाट छलफल गर्नुपर्ने बाध्यता छ ।
रुस अमेरिका तथा फ्रान्सले अध्यक्षता गर्ने ओएससीई मिन्स्क समूहले दुबै देशबीच छलफल र वार्ता गराउने प्रयास जारी राखेको छ । यो समूहको स्थापना मार्च १९९२ मा बेलारुसको राजधानी मिन्स्कमा यूरोपमा सुरक्षा तथा सहयोगका लागि संगठन(ओएससीई) सम्मेलनका क्रममा भएको थियो ।
मई १९९४ मा मध्यस्थताको प्रयासमा एउटा ठूलो सफलता मिलेको थियो र दुबै देश काराबाखमा युद्धविरामका लागि तयार भएका थिए । यक्त समयसम्म काराबाख तथा आसपासका सात क्षेत्रमा अर्मेनियाले कब्जा गरिसकेको थियो ।
यसपछि भएका छलफल वार्ताबाट भने कुनै नतिजा निस्किएन । सन् २००१ मा फेरि दुबै देशबीच चिसिएको सम्बन्धमा केही न्यानोपन हुने संकेत देखियो । दुई देशका राष्ट्रपतिहरुले शान्ति सम्झौताका लागि अमेरिकी रिसोर्टमा भेटे । यद्यपी यो शान्ति सम्झौता अन्तिम समयमा हुन सकेन ।
नागोर्ने-काराबाख गणराज्यको अस्तित्व
अर्मेनियाले सन् १९९१ म नागोर्ने–काराबाख गणराज्यको घोषणा गरिदियो । तर यसलाई विश्वस्तरबाट मान्यता प्राप्त छैन । अजरबैजान यसलाई आफ्नो कब्जामा रहेको क्षेत्र मान्छ । अर्मेनिया यसलाई आधिकारिक किमिमले स्वतन्त्र गणराज्यको मान्यता दिइसकेको छ तर उ आफै सुरक्षाको सुनिश्चितकर्ता मान्छ । गणराज्यको बजेटपनि अर्मेनियासँग जोडिएको छ भने सेनापनि । यहाँ नियमति किसिमले चुनावपनि हुन्छ तर नतिजालाई विश्वका कुनै देशलेपनि मान्यता दिँदैन । यस स्वाघोषित गणराज्यका निवासी अर्मेनियाको पासपोर्ट प्रयोग गर्दछन् । यहाँ फोनमापनि अर्मेनियाको कोड प्रयोग हुन्छ ।
अहिलेसम्म कस्तो रहयो युद्धविराम
स्थानीय स्तरमा उक्त क्षेत्रको सीमामा दुबै पक्षबीच लगातार झडप भइरहेको छ । तर अप्रिल २०१९ मा भएको झडप गम्भीर प्रकृतिको थियो । यसमा दुबै तर्फका थुप्रै सैनिक मारिएका थिए । चार दिनसम्म चलेको झडप रुसमा दुबै देशका प्रतिनिधिबचि भएको छलफलमा युद्धविरामको सहमत भएपछि रोकिएको थियो । जुलाई २०२० मा अर्मेनिया तथा अजरबैजानको अन्तराष्ट्रिय सीमामा झडप भयो तर अन्तराष्ट्रिय प्रयासमा यो झडपले गम्भीर रुप लिन पाएन ।
टर्कीको यस संघर्षमा के भूमिका छ ?
टर्की तथा अजरबैजानका नागरिकबचि गहिरो ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध छ । टर्की तथा अजरबैजानको भाषा एकै परिवारको भाषा मानिन्छ । राजनीतिक रुपमा टर्की सधै अजरबैजानको समर्थनमा रहन्छ । खासगरी सोभियत संघ विघटनपछि दुबैको राजनीतिक सम्बन्ध बलियो बनेको थियो ।
दोस्रो तर्फ टर्की र अर्मेनियाको सम्बन्धको इतिहास कटुताले भरिएको छ । अटोमन साम्राज्यका बेला सन् १९१५ मा अर्मेनियाका नागरिकको नरसंहार त्यो अतित हो जुन अहिलेसम्म भरिएको छैन । यस घटनालाई विश्वका थुप्रै देशले नरसंहार करार गरिदिएका छन् यद्धपी टर्कीले यस इतिहासको मुल्याङ्कनको विरोध गर्छ । जे भनिएपनि घटनाको एक सय वर्ष वितिसकेको तर अर्मेनियाको उक्त घटना आजपनि दुबै देशका मुलुकको सम्बन्ध तय गर्छ ।
टर्कीले अर्मेनियासँगको आफ्नो सीमा सिल गरेर राखेको छ भने दुबै देशबीच कूटनीतिक सम्बन्ध उतरचढावले भरिएको छ । सन् २००८–०९ मा दुबै देश तर्फ स्थिति सामान्य बनाउने दिशामा प्रयास भएको थियो तर अजरबैजानले विरोध गर्यो भने अर्मेनियामा व्यापक विरोध प्रर्दशन भएको थियो । जसको नतिजा टर्की र अर्मेनियाको सम्बन्ध सुधार्ने प्रयास सफल हुन सकेन ।
यद्यपी नागोर्नो–काराबाखलाई लिएर चलिरहेको अर्मेनिया र अजरबैजान संघर्षमामा पहिलो पटक टर्कीले राजनीतिक रुपले मात्रै आफ्नो भूमिका निभाईरहेको छैन कि सैनिक दृष्टिले समेत युद्धको हिस्सा हो ।
इरानको अडान के हो ?
अर्मेनिया र अजरबैजानसँग इरानले पनि आफ्नो सम्बन्धलाई सन्तुलन बनाएर राख्न चाहन्छ । अजेरी नागरिकका साथै अर्मेनिया मूलका नागरिकको एक भाग इरानमा रहन्छन् । यसमध्य धेरैजसो इरानको उत्तरी क्षेत्रमा रहन्छन् जहाँ अजरबैजान र अर्मेनियाको सीमा इरानबाट सुरु हुन्छ । इरान सरकारलाई चिन्ता भनेको अर्मेनिया र अजरबैजानबीचको संघर्ष नरोकिए आफ्नो क्षेत्रमा समेत विखण्डनवादी भावना भड्किन सक्छ ।
नगोर्ने काराबाखका लागि जारी संघर्षका कारण अजरबैजान र टर्कीले अर्मेनिया जाने बाटो रोकेको छ । जर्जिया हुँदै अर्मेनियाको यातायात लिंकहरु सीमितमात्रामा सञ्चालित छन् । अर्मेनियालाई यस समय जुन आर्थिक नाकाबन्दीकाबीच अगाडि बढ्नुपरेको छ यस्तो बेला इरानको सीमा उसका लागि जीवन रेखा बनेको छ ।
रुसको अडान के हो ?
अर्मेनिया तथा अजरबैजानसँग रुसको सदियौं पुरानो सम्बन्ध छ तर अब सबैकुरा पहिलोको जस्तो छैन । सम्बन्धमा थप जटिलता देखिएको छ । ओएससीई मिन्स्क समूहको महत्वपूर्ण सदस्य तथा अर्मेनिया अजरबैजानकाबीच विवाद मध्यस्थता गर्नका लागि पनि रुसले दुबैपक्षको कुरा सुन्नुपर्ने छ । रुस दुबै देशलाई अर्बौ डलरको हतियार बिक्री गर्छ ।
अर्मेनियामा रुसी कम्पनीहरुले ठूलो लगानी गरेका छन् । यहासम्मकी अर्मेनियामा रुसको महत्वपूर्ण सैन्य बेस रहेको छ । अर्मेनियाका नागरिक ठूलो संख्यामा रुसमा काम गर्छन् । अजरबैजानका धेरै मानिसपनि रुसमा काम गर्छन् । रुसको उद्योगले अजरबैजानको तेल उद्योगमा लगानी गरेका छन् । अजरबैजानका नागरिकमध्य केही रुसी मूलका छन् ।
यसकारण रुस अजरबैजान र अर्मेनियाको संघर्षमा कुनै स्पष्ट अडान राख्न सकेको छैन । रुसले अजरबैजानको समर्थन गर्ने कि अर्मेनियाको भन्नेबारे टुंगो लगाउन सकेको छैन ।
अजरबैजान-अर्मेनिया द्वन्द्व नयाँ तरिकाले किन सुरु भयो ?
दक्षिण ककसका विशेषज्ञहरु (कालो सकागर र क्यासपियन सागरको बीच क्षेत्र जसले अर्मेनिया, अजरबैजान,जर्जिया र दक्षिणी रसियाको केही भाग ओगटेको छ) भन्छन् कि यस द्वन्द्वका धेरै पक्ष छन् । अजरबैजानको सैन्य क्षमता अर्मेनियाभन्दा धेरै छ ।
२१ औं शताब्दीको पहिलो दशकमा तेल बिक्रीबाट अजरबैजानको कमाइ जर्बरजस्त भयो जसको प्रयोगबाट उसले आफ्नो सेनाको प्रशिक्षण र क्षमता बढायो । सायद अजरबैजानले यो तय गर्यो कि नागोर्नो काराबाख इलाकामा परिस्थिति बदल्नका लागि उसले आफ्नो स्थिति मजबूत गर्नुपर्छ । सन् १९९४ मा अजरबैजान अर्मेनियासँग युद्ध गरिसकेको थियो ।
सिरिया र लिबिया संघर्षमा टर्कीले आफ्नो हस्तक्षेप सफल बनायो र यस क्षेत्रमा टर्कीको स्थान द्रुत गतिमा अगाडि बढेको छ । सायद अजेरी नेतृत्वलाई टर्कीको समर्थनले सफलता हाल लाग्छ भन्ने भरोसा दिएको हुनसक्छ । विश्वको सबै शक्ति कोरोना संकटसँग जुधिरहेको छ । अमेरिका चुनावको तयारीमा लागेको छ ।
दुनियाको अर्थव्यवस्था एक दीर्घकालीन संकटको बाटोमा अगाडि बढिरहेको छ । अजरबैजानको पनि तेलबाट हुने कमाई सधै यही स्तरपर देखिदैन । यसको मातलब हुन्छ कि सैनिक ताकतको मजबूत गर्नका लागि जुन आर्थिक अवसर चाहिन्छ त्यो सीमामा पुगिसकेको थियो । अन्तिममा कतिपय विशेषज्ञका भनाई छ कि काराबाख एक पहाडी क्षेत्र हो ।
चिसोका बढ्न थालेपछि यस क्षेत्रमा सैनिक सामाग्री ओसारपसार गर्न गाह्रो छ । त्यसैले सडकहरु हिउँले ढाकिनुअघि नै सैन्य कारबाही गर्नु आवश्यक बनेको थियो । बीबीसीबाट