५ कार्तिक २०८१, सोमबार

देशभर थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

प्रकाशित मिति :  28 October, 2020 4:27 pm


काठमाडौं, १२ कात्तिक ।

पछिल्लो २४ घण्टामा देशभर थप १हजार ९ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा ८ हजार २ सय ४८ नमुना परीक्षण गर्दा १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

आज देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट दुई हजार ९८१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २१ हजार ८२४ जना डिस्चार्ज भएका छन् ।

देशभर ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

२४ घण्टामा ११ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरमा ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८७ रहेका छ ।



प्रतिक्रिया दिनुहोस !