५ कार्तिक २०८१, सोमबार

कोरोना संक्रमितकाे उपचारमा धराैटी नलिन सरकारी अस्पताललाई सरकारकाे निर्देशन

प्रकाशित मिति :  1 November, 2020 5:15 pm


काठमाडाैं, १६ कार्तिक । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना भाइरसबाट संक्रमितकाे उपचारमा धराैटी रकम नलिन सरकारी अस्पताललाई निर्देशन दिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले काेराेना संक्रमणकाे उपचार धराैटी सम्बन्धी सूचना निकालेका अस्पतालहरुलाई स्पष्टिकरण साेधिएकाे बताएका छन् ।

मन्त्रालयका अनुसार सरकारी अस्पतालहरु सबैलाइ धराैटी नलिई काेराेना संक्रमितकाे उपचार निर्देशन दिइएकाे र धराैटी सम्बन्धी सुचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण साेधिएकाे मन्त्रालयका प्रवक्ता गाैतमले प्रेस व्रिफिङ मार्फत जानकारी गराएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !