३ आश्विन २०८१, बिहिबार

संघर्ष चर्किदै गएपछि अर्मेनियाद्धारा रुससँग सहयोग माग,टर्कीका विदेश मन्त्री अजरबैजानमा

प्रकाशित मिति :  2 November, 2020 7:54 am


काठमाडौं, १७ कार्तिक ।

नागार्नो– काराबाख क्षेत्रलाई लिएर अर्मेनियासँग युद्धरत अजरबैजानलाई टर्कीले एक पटक फेरि बलियो समर्थन जनाएका छ ।

हिजो टर्कीका विदेशमन्त्री मेवलुत चोवुशुग्लू अजरबैजानको राजधानी बाकू पुगेर अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेवसँग छलफल गरेका छन् । यससँगै अर्मेनिया र अजरबैजानबीच जारी टकरावमा टर्कीले आफ्नो सहयोग देश अजरबैजानको साथमा उभिएको बीबीसीले उल्लेख गरेको छ । टर्की विदेशमन्त्री अलीयेवले स्पष्टताका साथ भनेका छन्,“ टर्की बाकूमा आफ्ना अजेरी दाजुभाइसँग साथमा खडा छ ।”

अर्मेनियाले रुससँग सम्भावित सुरक्षा सहायताबारे विचार विमर्श गरेको एकदिनपछि टर्कीका विदेश मन्त्री अजरबैजान पुगेका हुन् ।
यसअघि अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पत्र लेख्दै नागोर्नो– काराबाख लडाईमा सहयोग मागेका थिए । जवाफमा शनिबार रुसले यदि युद्ध अर्मेनियासम्म पुग्यो भने एक रक्षा सम्झौताको आधारमा आवश्वक सबै सहयोग गर्न तयार रहने बताएको थियो । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयवले अर्मेनियाका प्रधानमन्त्रीको पत्रलाई ‘हार स्वीकार गरेको’ टिप्पणी गरेका    छन् ।

अलीयेवले भनेका छन् कि,“हेर्दा अर्मेनियाले हारेको छ तर उ आत्मसर्मपण गर्न चाहदैन ।”उनले वार्ताका माध्यामबाट अजरबैजान यस विषयलाई सुल्झाउन चाहेको बताएका छन् । तर अर्मेनियालाई शान्तिसँग कुनै सरोकार नभएको र काराबाख क्षेत्रमा सधै आफ्नो कब्जा चाहेको उनको भनाई छ ।

अलीयेवका अनुसार यसभन्दा पहिले जुन क्षेत्रमा अजरबैजानले दोस्रोपटक कब्जा गरेको थियो उक्त क्षेत्रमा अर्मेनियाले कब्जा गर्न चाहन्छ र यही नै लडाईको मुख्य कारण भएको बताएका छन् । उनले दाबी गरेका छन् कि २७ सेप्टेम्बरदेखि सुरु भएको लडाईका क्रममा काराबाख क्षेत्रमा २०० ‘सेटलमेन्ट’मा कब्जा गरेको छ । अलीयेवले स्पष्ट पारेका छ्न कि अबसम्म अर्मेनिया आफ्नो कदमबाट पछि हट्दैन तबसम्म लडाई रोकिने छैन । अर्मेनिया र अजरबैजानबीच बढ्दो तनावबीच अन्तराष्ट्रिय विश्लेषकले पहिले नै ‘टर्की र रुस पनि यस संघर्षमा सहभागि हुन सक्ने’ चेतावनी दिएका थिए ।

विज्ञहरुका अनुसार दुई देशहरुबीच चलिरहेको युद्धमा ठूलो संख्यामा प्रयोग भइरहेको छ । यसकारण टर्की जारी युद्धमा टर्कीको नाम जोडिएको छ । यो पनि भनिएको छ कि टर्कीबाट खरिद गरिएका ड्रोन हतियारको कारणले अजरबैजानलाई युद्धमा फाइदा भएको छ ।

टर्कीले पनि देशभित्र ड्रोन हमला गर्ने गरेको र यसक्रममा आम नागरिक मारिएको भन्दै आलोचना हुँदै आएको छ । यसैकारणले पनि अर्मेनियाले युद्धमा रुसको सहयोगको आशा व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

अजरबैजान-अर्मेनिया रक्तपातपूर्ण संघर्षको इतिहास र वर्तमान द्वन्द्वको कारण



प्रतिक्रिया दिनुहोस !