४ आश्विन २०८१, शुक्रबार

निसान माग्नाइट एसयूभीमा हुने छन् यस्ता ७ फरक फिचर, ग्राहकलाई फाईदा कति ?

प्रकाशित मिति :  2 November, 2020 10:37 am


काठमाडौं, १७ कार्तिक ।

कम्प्याक्ट एसयूभी निसान माग्नाइट केही दिन पहिले भारतमा सार्वजनिक भएको छ । बजारमा यो एसयूभी सन् २०२१ पश्चात उपलब्ध हुनेछ र नेपालमा समेत आउने छ ।

पहिले नै सो कारको फिचर र इन्जिन स्पेसिफिकेशन सार्वजनिक भएको छ । कम्पनीले सो कारको प्रि बुकिङ पनि शुरु गरिसकेको छ । माग्नाइटले भिटारा ब्रेजा, किया सोनेट, हुन्डाई भेन्यु, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । नयाँ माग्नाइटको विशेषता यस्तो रहेको छ ।

डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर

माग्नाइटमा अल डिजिटल कलर डिस्प्ले समावेश गरिएको छ । सो कारको केही सेगमेन्टमा एनालग क्लस्टर उपलब्ध रहेको छ । केही कारमा भने डिजिटल मल्टी इन्फोरमेशन डिस्प्लेको नाममा स्पिडोमिटर मात्र रहेको छ भने केहीमा डायल्स एनालग रहेको छ । यसमा सर्कुलर टेकोमिटर, स्पिडोमिटर, टेम्परेचर गेज, फ्युल गेज र टायर प्रेशर मर्निटर जस्ता फिचर रहेको छ ।

३६० डिग्री क्यामेरा सेटअप

निसान माग्नाइटमा ८।० इन्चको फिटेड टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ । जसले एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्छ । माग्नाइटमा पहिलो पटक ३६० डिग्री अराउन्ड भ्यु मनिटर समावेश गरिएको छ, जुन निसान किक्सबाट लिइएको हो । यसमा एक वटनले आवश्यकता अनुसार क्यामेरा भ्यु छान्न सकिन्छ ।

वायरलेस चार्जिङ

माग्नाइटमा वायरलेस चार्जिङको फिचर समावेश छ । वायरलेस चार्जिङ प्याड अटो क्लाइमेट एयरकन नबको तल समावेश छ । हाल विभिन्न कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर साधारण भइसकेको छ । यसलाई यूएसबीको माध्यमल प्लग गरेर एक्सेस गर्न सकिन्छ । तर माग्नाइटमा यस्तो छैन । यदि कारमा वायरलेस चार्जिङ प्रयोग गर्नु छ भने कारप्ले बन्द गर्नु पर्ने हुन्छ । तर सो सेगमेन्टमा निसान किक्समा मात्र यस प्रकारको फिचर रहेको छ ।

टेक प्याक

निसानको सबै फिचर सो कारमा समावेश गरिएको छैन । तर यसमा एक खास टेक प्याक समावेश छ । यसमा केही एडअन फिचर समावेश गरिएको छ । जसलाई आवश्यकता अनुसार लगाउन सकिन्छ । टेक प्याकमा वायरलेस चार्जिङ प्याड, एयर प्युरिफायर, पडल ल्याम्प, एबीएन्ट मुड लाइटिङ र प्रिमियम जेबीएल स्पिकर्स जस्ता फिचर रहेको छ ।

सेफ्टी फिचर

निसान माग्नाइटमा भएको सेफ्टी फिचर अन्य कारमा उपलब्ध रहेको छैन । माग्नाइटमा ड्युअल एयरब्याग्स, ईबीडीको साथमा एबीएस, सेन्ट्रल लकिङ सिस्टम, स्पिड सेसिंग डोर लक जस्ता फिचर रहेको छ । यसको साथै भेइकल डाइनेमिक्स कन्ट्रोल, हिल स्टार्ट असिस्ट सिस्टम कन्ट्रोल जस्ता फिचर रहेको छ । यसमा टायर प्रेशर मनिटर सिस्टमको साथमा एन्टि रोल बारको साथमा च्यासिस र सस्पेन्शन रहेको छ ।

ग्राउन्ड क्लियरेन्स

यो सेगमेन्टमा आउने सब कम्प्याक्ट एसयूभीको ग्राउन्ड क्लियरेन्स २०० एमएम हुने गरेको छ । टाटा नेक्सनमा २०९ र किया सोनेटमा २११ एमएम रहेको छ । निसान माग्नाइटमा २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

इन्जिन

निसान माग्नाइटलाई रेनो निसानको नयाँ सीएमएफए प्लेटफर्ममा तयार पारिएको हो । यसमा १।० लिटर एचआरएओ टर्बो पेट्रोल इन्जिन समावेश गरेको छ जसले १०० बीएचपीको अधिकतम पावर र १६० एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा म्यानुअल ट्रान्समिशनको साथमा सीभीटीको विकल्प रहेको छ ।



प्रतिक्रिया दिनुहोस !