४ आश्विन २०८१, शुक्रबार

कृषिमा नमूना कार्य :दूधमा प्रति लिटर १० रुपैयाँ , प्रति कुखुरा ५० रुपैयाँ नगद अनुदान

प्रकाशित मिति :  3 November, 2020 11:40 am


रुपन्देही, १८ कार्तिक ।

रुपन्देहीको देवदह नगरपालिकाले कोभिड– १९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालू आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

कार्यक्रम अन्तर्गत दुग्ध उत्पादक कृषकलाई राहत अनुदान कार्यक्रम अन्तर्गत प्रतिलिटर १० रुपैयाँ र ५ सय भन्दा कम कुखुरा पालक कृषकलाई् मासु उत्पादनका लािग बोइलर कुखुरा पालन गर्ने साना कृषकहरुलाई प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत प्रति कुखुरा ५० रुपैयाँ दिईने भएको छ ।

इच्छुक दुग्ध उत्पादक सहककारी संस्था, निजी डेरी तथा कुखुरा (बोइलर) पालन फर्मले १५ दिनभित्र सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !