४ आश्विन २०८१, शुक्रबार

एक करोड रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ

प्रकाशित मिति :  3 November, 2020 7:03 pm


काठमाडौं, १८ कार्तिक । 

प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौँ बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन् ।

अवैध हुण्डी कारोबारीको गिरोह होटलमा गोप्यरुपमा बसेको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेको ब्यूरोको भनार्ई छ । उनीहरुको साथबाट रु ९९ लाख चौरासी हजारी र ९०० अमेरिकी डलर बरामद गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

सोमबार साँझ पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !