४ आश्विन २०८१, शुक्रबार

नेपाली कांग्रेस रोल्पाका उपसभापति आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो, स्वास्थ्यमा सुधार

प्रकाशित मिति :  3 November, 2020 7:19 pm


काठमाडौं, १८ कार्तिक । 

नेपाली कांग्रेस रोल्पाका उपसभापति एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पाल्पामा कार दुर्घटनामा परेका आचार्यलाई आज हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । आचार्यलाई हृयाम्स अस्पतालमा भर्ना गरिएको छ । आचार्यको स्वास्थ्य सुधार हुँदै गएको छ ।

नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले आचार्यको स्वास्थ्य खतरा मुक्त रहेको बताए । उनले भने, “मैले आचार्य जीलाई भेटे । उहाँको अवस्था सुधारउन्मुख छ । बोलचाल गर्नुहुन्छ । डाक्टरहरुले अवस्था खतरामुक्त रहेको बताएका छन् ।”

दुर्घटनापछि आचार्यको टाउकोमा रगत जमेको थियो । पाल्पामै टाउकोको अप्रेसन गरिएको थियो । ढाडमा पनि समस्या देखिएको छ ।

आचार्यसँगै दुर्घटनामा परेका कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई पनि काठमाडौं ल्याइएको छ । अधिकारीको पनि स्वास्थ्यमा सुधार भएको सभापति पुनले जानकारी दिए । उद्योग बाणिज्य महासंघको चुनावको प्रचारको क्रममा दुबैजना पाल्पामा कार दुर्घटनामा परेका थिए ।



प्रतिक्रिया दिनुहोस !