४ आश्विन २०८१, शुक्रबार

तिहारमा नयाँ कार किन्दै हुनुहुन्छ ? यी १० कुरामा दिनुस् ध्यान

प्रकाशित मिति :  4 November, 2020 9:24 am


तिहारमा नयाँ कार किन्ने सोचमा हुनुहुन्छ ? वा दसैंमा किनिसक्नु भयो ? यदि नयाँ कार किन्ने सोचमा हुनुहुन्छ भने नयाँ कार खरिद गर्नु भन्दा पहिला केही कुरामा ध्यान दिनु जरुरी छ ।

आफ्नो बजेट र कार लोनको पहिले आकलन

कार किन्नु पूर्व बजेटको कुरा ध्यानमा आउछ । आफूले तय गरेको बजेट भन्दा बढी बढाउन पनि सकिदैन । त्यसैले कार किन्न जाँदा पहिला आफ्नो बजेट अनुसारको कारको लिस्ट बनाउनु राम्रो हुन्छ । कसैलाई कार लोनको पनि आवश्यकता पर्न सक्छ । कार लोन लिनु भन्दा पहिला बैंकको ब्याज तिर्ने क्षमता छ कि छैन त्यसको पनि आकलन गर्नु पर्छ ।

दैनिक यात्राको जानकारी

कार खरिद गर्नु भन्दा पहिला आफ्नो दैनिक यात्राको बारेमा आकलन गर्नु पर्छ । यसले तपाईलाई पेट्रोल, डिजेल वा इलेक्ट्रिकमा कुन कार उपयुक्त हुन्छ भन्ने आकलन गर्न सजिलो हुन्छ । साथै आफूलाई आवश्यकता अनुसारको कार खरिद गर्न सकिन्छ ।

मनपर्ने कारको बारेमा जानकारी

बजेट छुट्याइसके पछि आफूलाई मनपर्ने कारको बारेमा जानकारी जुटाउनु पर्छ । कुन मोडलको कति मूल्य पर्छ र कस्तो छ भन्ने जानकारी लिनु पर्छ । अनलाइन रिसर्चमार्फत वा डिलरमा गएर सिधै पुरा जानकारी लिन सकिन्छ । यसको साथै आफूलाई मनपर्ने कार चलाइरहेको साथीहरुसँग पनि सोधेर जानकारी लिन सकिन्छ ।

फाइनान्स गर्नु भन्दा पहिला एजेन्सीसँग आवश्यक जानकारी

आफूसँग प्रर्याप्ट बजेट छैन भने अटो लोनमा पनि निर्भर पर्नु पर्ने हुन्छ । यसको लागि बैंक र थर्ड पार्टी एजेन्सीसँग त्यस वारेमा जानकारी लिन सकिन्छ । यसको लागि तुलनात्मक अध्ययन गर्नु पर्छ । यसले तपाईलाई आफ्नो आय अनुसारको लोन दिन मद्दत गर्छ ।

क्रेडिट स्कोर खराब छ भने पहिला सुधार गर्नु आवश्यक

यदि तपाई बैंकबाट लोन लिन चाहनुहुन्छ भने पहिला क्रेडिट स्कोर बलियो हुनु पर्छ । यसले तपाईले बढी रकम लिन सक्नुहुन्छ र ब्याज दरमा पनि फाइदा हुन्छ । यदि क्रेडिट स्कोर खराब छ भने अटो लोन नलिनु होला ।

सेकेन्ड ह्याण्ड कार पनि राम्रो विकल्प

पहिलो पटक कार खरिद गर्ने खरिदकर्तालाई सेकेन्ड ह्याण्ड कार पनि राम्रो विकल्प हुन सक्छ । सेकेन्ड ह्याण्ड कार पनि ३ वर्ष देखि ५ वर्षसम्मको लागि राम्रो मोडलको उपलब्ध हुन सक्छ । जसमा राम्रो सुविधा पनि पाउन सकिन्छ । यी कार कम मूल्यमा पनि पाउन सकिन्छ ।

टेस्ट ड्राइभ

आफूलाई अनुकुल कार छानिसके पछि कारको फाइनल टेस्ट ड्राइभ गर्नु पर्छ । टेस्ट ड्राइभले कारको फिचरको अनुमान गर्न सकिन्छ ।

कार खरिद गर्दा मोलमोलाई गर्न न हिचकिच्याउनु

कार खरिद गर्नु पूर्व कारको मोलमोलाई गर्न कहिले पनि हिचकिच्याउनु हुँदैन । धेरै कम्पनीहरुले विभिन्न प्रकारका छुट प्रदान गरिरहेका   हुन्छन् । यसले केही हदसम्म भार कम हुन मद्दत गर्छ । साथै फाइनान्स र वारेन्टी सम्झौता नियम र शर्तको बारेमा राम्रो जानकारी हुनु पर्छ ।

सेकेन्ड ह्याण्ड कार लिनु भन्दा पहिला कारको टेस्टिङ 

यदि तपाई सेकेन्ड ह्याण्ड कार किन्ने सोचमा हुनुहुन्छ भने कारको टेस्टिङ गर्नु पर्छ । यसको लागि परिचित मेकानिक्सको सहायता लिन  सकिन्छ ।

कार फाइनल गर्न हतार

आफ्नो आवश्यकता अनुसार कार लिनको लागि कहिले पनि हतार गर्नु हुँदैन । हतार गर्दा लामो समयसम्म झन्झट हुन सक्छ । धेरै सोच विचार गरेर मात्र कार लिनु पर्छ । यसले तनाब कम हुन्छ । –नेपाल अटो डट कमबाट



प्रतिक्रिया दिनुहोस !