४ आश्विन २०८१, शुक्रबार

नेपाल आए भारतका सेनाध्यक्ष नरवणे

प्रकाशित मिति :  4 November, 2020 4:19 pm


काठमाडौं, १९ कार्तिक ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरवणेलाई स्वागत अभिवादन गरि स्वागत गरेका हुन् ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने, सैनिक मुख्यालय जङ्गी अड्डामा  सैनिक गारत निरीक्षण गर्ने तथा आफ्ना समकक्षी प्रधानसेनापति थापासँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस !