४ आश्विन २०८१, शुक्रबार

त्रिविको विद्यार्थीले पायक पर्ने ठाउँबाट परिक्षा दिन पाउने

प्रकाशित मिति :  4 November, 2020 4:36 pm


काठमाडौं, १९ कार्तिक ।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ ।

बन्दाबन्दी ९लकडाउन०को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन ।

त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।

त्रिविले यही मङ्सिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ । “हामीले परीक्षा केन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ,” रजिष्ट्रार दाहाल ले भने, “परीक्षा दिनका लागि अब काठमाडौँ आउनुपर्दैन । आफूलाई पायकपर्ने ठाउँबाट परीक्षा दिन पाउने छन् ।” प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरिएको उनले बताए ।

कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ ।

रजिष्ट्रार डा दाहालले एक दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने जानकारी दिए । त्रिविको वार्षिक परीक्षा पनिका र सेमेष्टर परीक्षा डीन कार्यालयले लिने छन् । रासस



प्रतिक्रिया दिनुहोस !