४ आश्विन २०८१, शुक्रबार

आजदेखि तीन दिनसम्मको मौसमको अवस्था यस्तो हुनेछ

प्रकाशित मिति :  5 November, 2020 9:12 am


काठमाडौं, २० कार्तिक ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको बताएको छ ।

आजदेखि तीन दिनसम्म देशभरको मौसम पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले पहाडी भूभागमा आँशिक बदली रहने र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ र पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिएको महाशाखाको पूर्वानुमान छ । आज राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तीन दिनसम्मको मौसमी विवरण यस्तो छ :

मौसम विश्लेषण (Meteorological Analysis):

हाlल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 

कार्तिक २० गते (बिहीबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

 राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २१ गते (शुक्रबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २२ गते (शनिबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।



प्रतिक्रिया दिनुहोस !