४ आश्विन २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्धारा भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि प्रदान

प्रकाशित मिति :  5 November, 2020 5:24 pm


काठमाडौं, २० कार्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय थल सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनपति उपाधि प्रदान गरेकी   छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गरेकी हुन् । सन् १९५० को दशकदेखि नै दुबै देशले सेना प्रमुखलाई मानार्थ प्रमुखको उपाधि प्रदान गर्दै आएका छन् । त्यसकै निरन्तरता स्वरुप नरवणेलाई मानार्थ उपाधि प्रदान गरिएको हो ।

यो नियमित परम्परा भएपनि यसपटक भारतीय सेना प्रमुखको यसपटकको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । नेपालले भारतद्धारा मिचिएको भूमि लिम्पियाधुरा,कालापानी र लिपुलेक समेटिएको नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा मनमुटाव छ । स्वयंव नरवणेले समेत कसैको इशारामा नेपालले नक्सा जारी गरेको टिप्पणी गरेपछि नेपालमा विरोध भइरहेको छ ।

तर, नरवणेको भ्रमणलाई औपचारिक कार्यक्रमभन्दा दुबै देशबीच जारी मनमुटाव कम गर्ने अवसरका रुपमा हेरिएको छ । यसअघि भारतीय गुप्तचर निकाय रअ का प्रमुखले नेपाल भ्रमण गरेका थिए । त्यस लगत्तै सनो प्रमुख नरवणेको भ्रमण भएको हो ।

तीन दिने भ्रमणका क्रममा हिजो नेपाल आएका नरवणेले काठमाडौंका महत्वपूर्ण धार्मिक क्षेत्रको भ्रमण गरेका छन् भने आज दिनभर नेपाली सेनाको विशेष कार्यक्रममा व्यस्त बने ।

 



प्रतिक्रिया दिनुहोस !