४ आश्विन २०८१, शुक्रबार

१० लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत प्राधिकरणका इञ्जिनीयर पक्राउ

प्रकाशित मिति :  5 November, 2020 7:09 pm


काठमाडौं, २० कार्तिक ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई पक्राउ गरेको छ ।

हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट इन्जिनियर जैसवाललाई पक्राउ गरेको हो ।

ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनीयर जैसवालले १० लाख रुपैयाँ मागेको आरोप लागेको छ । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !