५ कार्तिक २०८१, सोमबार

नेपाली सेनाद्धारा भारतीय सेना प्रमुख नरवणेको सम्मानमा रात्रिभोजको आयोजना

प्रकाशित मिति :  6 November, 2020 7:42 am


काठमाडौं,२१ कार्तिक ।

नेपाली सेनाले भारतीय सेना प्रमुख एम एम नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गरेको छ । नेपाली सेनाको मानार्थ प्रधानसेनापति समेत रहेका नरवणेको सम्मानमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयमा हिजो बेलुकी रात्रिभोजको आयोजना गरेका हुन् ।

तीन दिने नेपाल भ्रमणमा आएका भारतीय सेना प्रमुखलाई हिजो मात्रै नेपाली सेनाको मानार्थ प्रधासेनापति उपाधि प्रदान गरिएको थियो । नेपाली सेनाका मानार्थ प्रधानसेनापति नरवणे आज स्वदेश फर्कदैछन् । दुई देशबीच सम्बन्ध चिसिएका बेला नरवणेको भ्रमणले वार्ताको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

नेपालले भारतद्धारा मिचिएको लिपुलेक,कालापानी र लिम्पियाधुरा समावेश गरेर नक्सा जारी गरेपछिको यो उच्चस्तरीय भ्रमण हो । राजनीतिक सम्बन्ध चिसिएका बेला सैन्त कुटनीतिक मार्फत समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । नाकाबन्दीको बेलापनि दुई देशबीचको सम्बन्ध सुधारका लागि सैन्य कुटनीति प्रभावकारी मानिएको थियो ।

फोटो : नेपाली सेना



प्रतिक्रिया दिनुहोस !