५ कार्तिक २०८१, सोमबार

अमेरिकी चुनाव: बाइडेन अगाडि बढ्न थालेपछि ट्रम्पले लगाए फेरि छलकपटको आरोप लगाए

प्रकाशित मिति :  6 November, 2020 8:07 am


काठमाडौं,२१ कार्तिक ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि ‘वैद्य मत’ गणना अनुसार आफू नै विजयी बन्ने दाबी गरेका छन् । उनका प्रतिस्प्रधि जो बाइडन अगाडि जान थालेपछि ट्रम्पले बिना कुनै प्रमाण फेरि वैद्य मतको प्रसंग निकालेका हुन् ।

दुई दिन चुप लागेका ट्रम्पले महत्वपूर्ण राज्य जर्जिया र पेन्सिलभेनियामा हुलाकबाट गरिएको मतदानमा पछि पर्दै गएका छन् । राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा भएको पत्रकार सममेलनमा फेरि एक पटक आफ्नो जितको दाबी गर्दै अवैध मत मार्फत उनको पक्षमा आएको चुनावको परिणाम खोस्ने प्रयास जारी राखेको दाबी गरिएको छ ।

तर, विश्लेषकहरुका अनुसार उनको यस दाबीको कुनै आधार छैन र राष्ट्रपति ट्रम्पले जुन हुलाकबाट आएका मतको संकेत गरेका छन् त्यो अवैध छैन । ति मतहरु यस कारण गनिदै किन भने अमेरिकाको कैयौं राज्यमा यो व्यवस्था छ ।

यसैबीच राष्ट्रपति ट्रम्पका समर्थकले कतिपय राज्यमा कानुनी लडार्ईका लागि कराडौं डलर जुटाउन सुरु गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !