५ कार्तिक २०८१, सोमबार

कैलालीमा कोरोना संक्रमित वडा अध्यक्षको मृत्यु

प्रकाशित मिति :  6 November, 2020 9:09 am


काठमाडौं,२१ कार्तिक ।

कैलालीको गौरीगङ्गा नगरपालिका वार्ड नं.३ का अध्यक्ष नरेन्द्र बहादुर शाहको मृत्यु भएको छ ।

नगरपालिका प्रबक्ता समेत रहेको शाहको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको हो । ७३ वर्षीय शाहको १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते अस्पताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टिपछि उनलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शाहको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !