४ आश्विन २०८१, शुक्रबार

हिमालयन बैंक र बिओकेले ग्यारेन्टी बसेको डेढ अर्ब रुपैयाँ फिर्ता पाउने

प्रकाशित मिति :  6 November, 2020 2:11 pm


काठमाडौं, २१ कात्तिक ।

हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा चिनियाँ अदालतले फैसला सुनाएको छ । चीनको तल्लो अदालतले हिमालयन बैक र बैंक अफ काठमाडौंको पक्षमा फैसला सुनाएसँगै दुवै बैंकले फसेको पैसा फिर्ता पाउने भएको हिमालयन बैंक स्रोतले जनाएको छ ।

मेलम्ची खानेपानी परियोजनाको ठेक्का प्रकरणमा चाइना रेल्वे १५ ब्यूरो नामक चिनियाँ कन्स्ट्रकसन कम्पनीले फसाएको दुई बैंकको पैसा आउने गरी निर्णय भएको हिमालयन बैंकले जनाएको छ ।

यी दुवै बैंकले चैत ०६५ मा मेलम्ची आयोजनामा काम गर्न ठेक्का पाएको चिनियाँ ठेकदारका लागि काउन्टर ग्यारेन्टी बसेका थिए ।
सरकारले सुरुङमार्ग निर्माणमा ढिलाइ भएको भन्दै २०६९ असोज ९ गते चाइना रेल्वेसँग ठेक्का तोड्यो ।

त्यसपछि अदालतबाट मुद्दा जितेरै ०७२ जेठ १ मा सरकारले मुख्य ग्यारेन्टी बसेको चाइना कन्स्टक्सनले रकम भुक्तानी नगरेपछि सहायक ग्यारेन्टी बसेका दुबै बैंकमा चिनियाँ कम्पनीले राखेको जमानत जफत ग¥यो ।

मेलम्ची खानेपाली आयोजनाको बैंक जमानत बस्दा बैंक अफ काठमाण्डूको ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो सहित जम्मा ८५ करोड रुपैयाँ फसेको थियो। त्यस्तै हिमालयन बैंकको ६६ करोड रुपैयाँ फसेको थियो। दुबै बैंकको जम्मा एक अर्ब ५१ करोड रुपैयाँ फसेको थियो ।

चीनको अदालतले उक्त रकम हर्जार्नासहित फिर्ता पाउने गरि मुद्दा फैसला गरिदिएपछि अब दुबै बैंकले फसेको पैसा फिर्ता पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !