१९ आश्विन २०८१, शनिबार

अमेरिकी चुनाव: ट्रम्पद्धारा आफैलाई विजेता घोषित नगर्न बाइडेनलाई चेतावनी

प्रकाशित मिति :  7 November, 2020 7:33 am


काठमाडौं,२२ कार्तिक ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेद्वार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रंम्पले आफ्ना प्रतिद्धन्द्धी जो बाइडनलाई नतिजा अघि नै आफूलाई विजेता घोषित नगर्न चेतावनी दिएका छन् ।

समाजिक सञ्जाल ट्वीटमा भनेका छन् यो दाबी त मैलेपनि गर्न सक्छु । उनले भनेका छन् कि बाइडनले जितको दाबी गर्न आवश्यक छैन । कानुनी प्रकृया बल्ल सुरु भएको छ । हुन त ट्रम्प आफैले पनि मत गणना हुँदै गर्दा बाइडनभन्दा अगाडि देखिएका बेला आफैले दुई चोटी विजेता बन्ने दाबी गरिसकेका छन् ।

हुन त ट्रम्पको टोलीले मतगणना र पर्यवेक्षक रोक्न माग गर्दै मुद्दालाई अदालतमा पुर्‍याइसकेको छ। धेरै महत्वपूर्ण राज्यहरूमा ट्रम्पको टोलीले पनि मतगणना रोक्न अनुरोध गरेको थियो।

 

 



प्रतिक्रिया दिनुहोस !