४ आश्विन २०८१, शुक्रबार

बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित १ जनाको मृत्यु

प्रकाशित मिति :  7 November, 2020 8:06 am


बाँके,२२ कार्तिक ।

बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका १५ का ५९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कात्र्तिक ५ गते स्वाब संकलन गरिएको थियो । कात्तिक ६ गते कोरोना पोजेटिभ पुष्टि भएपछि ति पुरुषलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर कात्तिक २० गतेसम्म उपचार गरिएको थियो ।

तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्ति भेरी अस्पतालमा पठाइएको थियो । उपचारकै क्रममा आज बिहान ति पुरुषको निधन भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न गएका २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !