४ आश्विन २०८१, शुक्रबार

बैठक बोलाउन माग गर्दै कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यद्धारा ओलीलाई लिखित पत्र

प्रकाशित मिति :  7 November, 2020 2:18 pm


काठमाडौं,२२ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका छन् ।

हिजो अनौपचारिक सचिवालयको बैठकको निर्णय अनुसार अध्यक्ष प्रचण्डसहित अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन आग्रह गरेका हुन् । अध्यक्ष ओलीलाई बुझाइएको पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल गर्नका लागि बैठक बोलाउनुपर्ने उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलका लागि बालुवाटार पुगेका थिए।

पार्टी र सरकार सञ्चालनलाई लिएर केही महिनायता पार्टीका दुई अध्यक्षबीच किचलो चल्दै आएको छ। यसअघि फुटको संघारबाट जोखिएको नेकपाभित्र फेरि किचलो बढेको छ ।

अध्यक्ष ओलीले बैठकबारे आज कुनै निष्कर्ष दिएका छैनन् । प्रवक्ता श्रेष्ठले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गर्न आग्रह गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !