१९ आश्विन २०८१, शनिबार

अमेरिकाको राष्ट्रपतिमा बाइडन निर्वाचित,उपराष्ट्रपतिमा भारतीय मूलकी कमला चयन

प्रकाशित मिति :  8 November, 2020 8:02 am


काठमाडौं,२३ कार्तिक ।

अमेरिकाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उमेदवार जो बाइडन राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले रिपब्लिकन पार्टीका उमेदवार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडन राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

चुनाव जितेपछि बाइडनले आफ्नो पहिलो भाषणामा भनेका छन्, अमेरिकाका जनताले स्पष्ट जनादेश दिएका छन् । यो जित तपाईंहरुको जित हो । हामीलाई ७.४ करोड भोट मिलेको छ जुन आजसम्म कसैलाई मिलेको थिएन ।”

बाइडनले भनेका छन्,“तपाईंहरुले मामाथी भरोसा गर्नुभएको छ । यसका लागि म विनम्रतापूर्वक स्वीकार गर्दछु । म अमेरिकाको राष्ट्रपति हुँ र सबैलाई साथमा लिए चल्ने छु । म कुनै पार्टीको राष्ट्रपति होइन । हामी सबै साथमा मिलेर काम गर्ने छौं ।”

यो चुनावको नतिजासँग ट्रम्प सन् १९९० पछि एक कार्यकाल मात्रै राष्ट्रपति बन्ने व्यक्तिमा सूचीकृत भएका छन् । ट्रम्पले यसअघि आफूलाई विजेता घोषित गरेका थिए भने मत गणनामा बेइमानी भएको दाबी गरेका थिए तर यसको कुनै प्रमाण भेटिएको थिएन ।

उपराष्ट्रतिमा भारतीय मूलकी कमला ह्यारिस चुनिएकी छन् । निर्वाचितपछि आफ्नो भाषणमा कमलाले भनिन्,“ तपाईंले आफ्नो अपेक्षा, मर्यादा,विज्ञान र सत्यको चयन गर्नुभएको छ ।”



प्रतिक्रिया दिनुहोस !