४ आश्विन २०८१, शुक्रबार

पूर्व सांसद वीरबहादुर लामाको निधन

प्रकाशित मिति :  8 November, 2020 9:07 am


काठमाडौं,२३ कार्तिक ।

पूर्व सांसद वीरबहादुर लामाको निधन भएको छ ।

तत्कालीन नेकपा एमाले नेता, मकवानपुर जिल्ला विकास समितिका सभापती तथा पूर्व सांसद लामाको उपचारकै क्रममा पाटन अस्पतालमा  आज बिहान ४ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि लामाले बेला–बेलामा डाइलासिस गराउदै आएका थिए ।

लकडाउन लगायत विविध कारणले डाइलासिस हुन नपाएपछि पछिल्लो समय लामाको स्वास्थमा जटिल समस्या देखिएकाले केही समययता पाटन अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको थियो । लामाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गत बिहिबारदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कोरोना भाइरसको कारण समयमा डाइलासिस गराउन नपाउँदा लामाको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । वि.सं.२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिको सभापती बनेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाको सांसद बनेका    थिए । नख्खु जेलब्रेक गर्ने राजबन्दी मध्यका लामा एक थिए ।

मकवानपुर जिल्लाको फाखेल निवासी लामा तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यसम्म भएका थिए । पछिल्लो समय जातिय पहिचानसहितको राज्य निर्माणको विषयमा तत्कालीन नेकपा एमालेमा विवाद भएपछि तत्कालीन नेकपा एमालेका नेता अशोक राइको नेतृत्वमा लामा लगायतका नेताले नेकपा एमाले छाडेका थिए ।



प्रतिक्रिया दिनुहोस !