४ आश्विन २०८१, शुक्रबार

बाँकेमा उपचाररत रोल्पाका एकजना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  8 November, 2020 8:44 am


बाँके,२३ कार्तिक ।

रोल्पाका एकजना कोरोना भाइरस संक्रमितको बाँकेमा मृत्यु भएको छ।

रोल्पा नगरपालिका–४ का ५६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई १६ गते राति भेरी अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो । भेरीमा उपचारकै क्रममा गएराति १२ः१० मा उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

संक्रमित पुरुषमा एक महिनादेखि जन्डिसको पनि समस्या थियो । स्वास्थ्य कार्यालयकाअनुसार योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका २८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।



प्रतिक्रिया दिनुहोस !