४ आश्विन २०८१, शुक्रबार

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु,लुम्बिनी प्रदेशमा मृतकको संख्या १९८ पुग्यो

प्रकाशित मिति :  9 November, 2020 8:45 am


रुपन्देही,२४ कार्तिक ।

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा ति पुरुषको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतक मिर्गौला र कलेजोका दीर्घरोगी रहेका प्रवक्ता डा. गौतमको भनाई छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !